
विराटनगर, वैशाख २ । ग्रामिण क्षेत्रमा रंगमञ्चका कलाकार उत्पादन गर्ने उद्देश्यले मोरङको झोराहाटमा पहिलो ग्रामिण नाट्य घर निर्माण भएको छ ।
२२ लाखको लागतमा झोराहाट नाट्य समुहले नाट्य घर निर्माण गरेको हो । नाट्यघरको आज वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल र साहित्यकार एव लेखक अभि सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे ।
नाट्य समुहका अध्यक्ष भरत गुरागाँईका अनुसार अमेरिकन नागरिक व्रेस पाडौलले नाट्य घरको निर्माणका लागि १३ लाख रुपैयांँ सहयोग गरेका छन् ।
नाट्य घर निर्माणका लागि अमेरिकन नागरिक पाडौल र संसाद अशोक कोइरालाको संसाद विकास कोषको १ लाख रुपैयाँ बाहेक सबै रकम स्थानीयस्तरमा संकलन गरिएको हो । ९ कट्ठा क्षेत्रफलमा रहेको सो नाट्य घरमा १ सय २० जनासम्म दर्शक अट्ने छन् ।
शिल्पी नाट्य समुह काठमाडौंले नाट्य घर निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्