१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


बजेट भाषणलगत्तै महँगीको मारमा उपभोक्ता


0
Shares

काठमाडौं, जेठ ३० । सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्यवस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल र तरकारीको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको हो ।

उपभोग्य वस्तुको मूल्य किलोमा चारदेखि २० रुपैयाँसम्म बढेको उपभोक्ता बताउँछन् ।

बजेट भाषण गर्नासाथ होलसेलरले मूल्य बढाएर सामान पठाएको किराना तथा खुद्रा व्यापार संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । –नागरिक दैनिकबाट