ईमेज अवार्डका लागि आवेदन खुल्ला, यस्ता छन् प्रतिस्पर्धाका विधाहरु (भिडियो हेर्नुहोस) « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


ईमेज अवार्डका लागि आवेदन खुल्ला, यस्ता छन् प्रतिस्पर्धाका विधाहरु (भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, असार २१ । ईमेज च्यानलले विगत १७ बर्षदेखि आयोजना गर्दै आइरहेको ‘ईमेज अवार्ड’को १८ औं संस्करणका लागि आवेदन खुल्ला गरेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘१८ औं एनुअल टुबोर्क इमेज अवार्ड’का लागि आवेदन खुल्ला गरेको जनाएको छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको प्रोत्साहन एवम गुणात्मक श्रीबृद्धीका लागि बार्षीक रुपमा सांगीतिक बृत्तकै सबैभन्दा ठूलो अवार्ड आयोजना गरिदै आएको विज्ञप्तीमा उल्लेख छ ।

यस पटक २०७२ साल असार १ गते देखि २०७३ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिने विज्ञप्तीमा उल्लेख छ ।

आवेदन फाराम बुझाउने अन्तिम मिति ०७३ साउन १५ गतेसम्मका लागि निर्धारण गरिएको छ । रेडबुल र मायोजको सह–प्रायोजन रहेको अवार्डको फाराम इमेज च्यानल कम्प्लेक्स पानीपोखरी, काठमाडौंबाट प्राप्त गर्न सकिने छ ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस