१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


लाइसेन्स छपाइमा लापरवाही


0
Shares

काठमाडौं, असार २७ । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले ट्रयल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ ।

ठूलो भर्‍याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएका फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो ।

असार १९ मा कार्यालयले बायोमेट्रिक लाइसेन्स जारी गर्दा फोटो आउने भएकाले पुनः खिच्न आउनु भन्दै सूचना जारी गरेको छ । लाइसेन्स लिन कुरेर बसेका हजारौं सेवाग्राही यस्तो सूचनापछि झस्किएका छन् । –कान्तिपुर दैनिकबाट