प्रेमिसँग के चाहन्छिन सुष्मा राई ?(भिडियो हेर्नुहोस) « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


प्रेमिसँग के चाहन्छिन सुष्मा राई ?(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, साउन १३ । ‘युथ जेनेरेसन’मा उनको स्वर निकै चर्चित छ । इमेज एफएममा विहान बज्ने ‘नो हर्न प्लिज’ कृष्ण आचार्यसँगको युगल कार्यक्रम सुष्मा राईको ब्राण्ड नै हो ।

तर अब सुष्मा आरजेका रुपमा मात्र रहिनन् । गीतको शब्द रचेर, स्वर दिएर मात्र नभई आफैं मोडलका रुपमा देखिएर उनले नयाँ परिचय बनाएकी छिन् ।

यूट्यूबमा अपलोड भएको ‘नबाँडन’बोलको गीत एकसाता मै हिट भएको छ । सुष्माको पहिलो गीत नै धेरैले रुचाएपछि थप हौसला मिलेको छ ।

उनले आफैं निर्देशन गरेको गीतको भिडियोलाई युवाहरुलाई लक्षित गरी तयार भएको छ । कल्याण सिहंले संगीत भरेको गीत चलिरहेका गीतभन्दा भिन्न छ । प्रदिप जोशीले एरेन्ज गरेको गीतले प्रेमिकाले प्रेमीप्रति देखाएको प्रेमिल भाव दर्शाउँछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस