बैंकमै थन्कियो करिब ४ सय किलो सुन • Image Khabar Image Khabar


बैंकमै थन्कियो करिब ४ सय किलो सुन


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार १३:०९

बैंकमै थन्कियो करिब ४ सय किलो सुन

काठमाडौं, साउन २७ । विभिन्न मुलुकबाट आयातित करिब ४ सय किलो सुन बिक्री नभई वाणिज्य बैंकहरुमा थन्किएको छ ।

व्यापारीले भाउ महँगिएको भन्दै बैंकसँग नकिनेपछि सुन बिक्री नभएको हो । जानकारहरु भने भारत र चीनबाट अवैध रुपमा भित्रिएको सुन सस्तो हुँदा व्यापारीले नकिनेको बताउँछन् ।

राष्ट्र बैंक विदेशी विनियम विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार असार मसान्तयता सुन बैंकमै थन्किएको छ । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकले पालैपालो गरी दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् ।

उनीहरुले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स, हङकङ, स्विटजरल्याण्ड लगायतका मुलुकबाट आयात गर्दै आएका छन् ।

सुन थन्किएपछि बैंकहरुले आयात गर्न छोडेका छन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार बैंकहरुले ३ महिनादेखि आयात गरेका छैनन् । उनका अनुसार करिब ४ महिनादेखि बैंकको सुन बिकेको छैन । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्