३ सय ट्यांकर खरिद अनुमति ‘चोरबाटो’बाट • Image Khabar Image Khabar


३ सय ट्यांकर खरिद अनुमति ‘चोरबाटो’बाट


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार १३:२२

३ सय ट्यांकर खरिद अनुमति ‘चोरबाटो’बाट

काठमाडौं, साउन २७ । कानुनी प्रक्रिया मिच्दै ‘मोटो रकम’ चलखेलमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन् ।

यसअघि पनि पटक–पटक विवादित निर्णय गरेका खड्काले पछिल्लो पटक निगम संचालक समितिलाई जानकारी नै नदिई ‘चोरबाटो’ बाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकर खरिद अनुमतिमा करिब ३ करोड रुपैयाँ घोटाला भएको निगम स्रोतले जनायो ।

अहिलेसम्म करिब १५ सय ट्यांकरले पेट्रोलियम ढुवानी गर्दै आएकोमा अपुग भएकाले थप ट्यांकरलाई अनुमति दिइएको निगमको दाबी छ ।

सरकारी तथा निजी सार्वजनिक संस्थाले कुनै पनि सामग्री खरिद गर्दा सार्वजनिक सूचना आह्वान गर्नुपर्ने प्रावधान रहे पनि निगमले ‘आर्थिक लेनदेन’मा न्यूनतम प्रक्रियासमेत मिचेर अनुमति दिएको हो । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्