Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अख्तियारको कार्यालय आसपासका क्षेत्रमा निषेधाज्ञा


0
Shares

काठमाडौं, साउन ३० । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नभएसम्मका लागि आजबाट लागु हुनेगरी निषेधित क्षेत्र तोक्ने आदेश प्रजिअ रामकृष्ण सुवेदीले दिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

पूर्वमा विशालनगर र हाँडीगाउँ, पश्चिममा गैरीधारा चोक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा दूरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म निषेधित क्षेत्र तोकिएको जिप्रकाले जनाएको छ ।

उल्लेखित सूचनाको वर्खिलाप हुनेगरी कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने जिप्रकाले जनाएको छ । -नेपाल समाचारपत्र दैनिक