७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


पानीजहाज चलाउन नदी सर्वेक्षणको काम सुरु


0
Shares

काठमाडौं, असार २६ । सरकारले पानीजहाज चलाउनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढाइसकेको जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा पानीजहाज चलाउनका लागि नयाँ संस्था खडा गर्ने/नगर्ने बारेमा सरकार छलफलमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै सपना देखेको पानीजहाज कुन मन्त्रालयअन्तर्गत पर्छ र त्यसको तयारी के भइरहेको छ भन्ने कांग्रेस सांसद अनिता देवकोटाको प्रश्नमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षभित्र पानीजहाजसम्बन्धी सबै प्रक्रिया अगाडि बढाउने जवाफ दिए । –कारोबार दैनिकबाट