११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


इन्धन ढुवानीका लागि सेनालाई ट्यांकर सञ्चालन अनुमति दिने तयारी


0
Shares

काठमाडौं, असार २६ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ ।

निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो ।

सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगमको करारमा राखेर सञ्चालन गर्न सेनाले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

उद्योगमन्त्री मातृका यादव र सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापाबीत सोमबार यसबारे सहमति भएको छ । –नागरिक दैनिकबाट