फास्ट ट्र्याक, नौमुरे र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन प्रधानमन्त्रीलाई खबरदारी • Image Khabar Image Khabar


फास्ट ट्र्याक, नौमुरे र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन प्रधानमन्त्रीलाई खबरदारी


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार १३:४४

फास्ट ट्र्याक, नौमुरे र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन प्रधानमन्त्रीलाई खबरदारी

काठमाडौं, भदौ १० । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ–काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रभित्र गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री दाहाललाई त्यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रियताको मामिलामा भारतसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्री दाहालले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टीका नेताहरुको निदैशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीतिक र संवैधानिक विषय नरहेको प्रस्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पनि आफू सतर्क रहने प्रतिवद्धता व्यक्त गरे । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्