२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


एमाले आगो बाल्न पछि पर्दैन : खनाल


0
Shares

सिन्धुली, भदौ १० । नेकपा एमालेका नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयन गर्नेमा आशंका रहेको बताएका छन् ।

शुक्रबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा पत्रकारहरुसँग खनालले ‘संविधान कार्यान्वयन नभए एमाले आगो बाल्न पछि नपर्ने’ बताए ।

०७३ माघ ७ गतेसम्म तीनओटै निकायको निर्वाचन नभए संविधान, लोकतन्त्र र स्वतन्त्रतासमेत समाप्त हुने उनको जिकिर थियो ।