
रौतहट, भदौ १८ । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले तीन वर्षदेखिको उखुको भुक्तानी नगरेको भन्दै स्थानीय कृषकले लगाएको ताला अझै खुलेको छैन ।
उखु उत्पादक संघको नेतृत्वमा किसानको टोलीले बिहीबार चिनी मिलको लेखा, खरिद र बिक्री कक्षमा तालाबन्दी गरेका थिए ।
आर्थिक वर्ष २०७०÷७१ देखिको किसानको रकममध्ये ७५ करोड भुक्तानी हुन बाँकी रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
उखु किसानको ९० करोड बाँकी रकम मध्ये चालू आर्थिक वर्षमा १५ करोड रुपैया मात्र भुक्तानी भएको उखु उत्पादक संघका अध्यक्ष अशोक यादबले बताए । उनका अनुसार अझै ७५ करोड रुपैयाँ बक्यौता छ ।
प्रतिक्रिया दिनुहोस्