असोज १६ देखि नयाँ नोट • Image Khabar Image Khabar


असोज १६ देखि नयाँ नोट


Imagekhabar
२० भाद्र २०७३, सोमबार १३:५९

असोज १६ देखि नयाँ नोट

काठमाडौं, भदौ २० । आउँदो दसैतिहारका लागि नेपाल राष्ट्र बैंकले असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ ।

बैंक तथा बित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जनाएका छन् ।

ती बैंक तथा बित्तीय संस्थाले पनि १६ गतेबाटै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछन् ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ ।

राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्