काठमाडौं, असोज १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको क्रममा मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी सहमतिको प्रयास भइरहेको बताएका छन् ।
सोमबार बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले भने, ‘संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेकै छ । तर, विगतमा संविधान निर्माण गर्दा मधेश, थारु र मगरहरुको कलष्टर अलग–अलग पर्न गयो । यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुनेगरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको छ ।’
भेटमा प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए ।
भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्