पाँचथर, असोज १९ । पाँचथर सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्वर्गीय पद्मसुन्दर लावतीको शालिक निर्माण गर्न थालिएको छ ।
२५ वर्षसम्म पाँचथरबाट सांसद बनेका लावतीको फिदिम बजारस्थित आहालगैरीमा सुन्दर पार्कसँगै शालिक निर्माण गर्न लागिएको हो ।
शालिक र पार्क निर्माणको काम करिब २५ प्रतिशत सकिएको छ । आगामी कात्तिक २५ गतेभित्र महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर शालिक अनावरण गरिने शालिक निर्माण समितिका संयोजक लोकेन्द्र आले मगरले जानकारी दिए ।
शालिक र पार्क निर्माणका लागि करिब ७ लाख रुपैयाँ लाग्ने बताइएको छ । पूर्वगृहमन्त्री पदमसुन्दर लावतीको निधन २०७२ साल जेठ २७ गते निधन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्