२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


कर्णालीका नागरिक पनि मान्छे हुन् र म पनि: डा. गोविन्द केसी


0
Shares

जुम्ला, असार २४ । शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ ।

यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षको शड्ढयामा सुतिरहेका डा. गोविन्द केसी नजिकै उनका दुई सहयोगी छन् । सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए ।

उनले संवाददातालाई पुलुक्क हेर्दै हातको इसाराले नजिकै बोलाएर सोधे, ‘सञ्चै हुनुहुहुन्छ ?’ ‘हजुरलाई कस्तो छ ?’ प्रतिप्रश्नमा केसीले जवाफ दिए, ‘स्वासप्रश्वासमा निकै बाधा भइरहेको छ, मांशपेसी र छातीमा पीडा भइरहेको छ ।’

कभर्ड हलमाभन्दा अस्पतालमा उनलाई धेरै सजिलो भएको छ । ‘कचर्ड हलमा धेरै गाह्रो थियो,’ उनले भने, ‘यहाँ आएपछि धेरै राहत फिल भइरहेको छ ।’ कभर्ड हलमा उनी ५ दिन बसेका थिए। बुधबार उनलाई अस्पताल ल्याइएको थियो ।

जुम्लाको स्वास्थ्य उपचार र उनको स्वास्थ्य खतराप्रतिको अड्कलबाजीलाई केसीले सहजै चिरिदिए ।

‘कर्णालीका नागरिक पनि मान्छे हुन् र म पनि,’ उनले भने, ‘यहाँका मान्छे यही अस्पतालका भरमा छन् भने मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने ?’ उनले प्रतिष्ठानका तर्फबाट आफूूले राम्रो उपचार पाइरहेको सन्देश पनि दिए । उनले भने, ‘म यहाँका चिकित्सकप्रति विश्वस्त छु।’ -नागरिक दैनिकबाट