
काठमाडौं, असार २३ । गृहमन्त्री रामबहादुर थापाले खेलकुदको व्यावसायिक विकासमा लाग्नुपर्ने बताएका छन् ।
शनिबार नेपाल मगर खेलकुद संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा खेल क्षेत्रलाई उचित ध्यान नदिएपनि अब सरकारले आवश्यक सहयोग गर्ने बताए ।
गृहमन्त्री थापाले सुशासन कायम गर्न र अपराध नियन्त्रणमा पनि खेलकुदको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
कार्यक्रममा नेपाल खेलकुद संघका अध्यक्ष मनबहादुर पुनमगरले खेलमार्फत् संस्कृति प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न विधाका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्