२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


नयाँ सम्झौतासँगै एलेप्पोबाट फेरि सर्वसाधारणलाई बाहिर निकालिदैं


0
Shares

सिरिया, पुस ४ । सिरियाको द्वन्द्वग्रस्त पूर्वी एलेप्पो शहरबाट सर्वसाधारण बाहिर निकाल्ने क्रम फेरि शुरु भएको छ ।

गत शनिबार सरकार र विद्रोहीबीच द्वन्द्वग्रस्त क्षेत्रहरुबाट सर्वसाधारण निकाल्ने सम्बन्धमा नयाँ सम्झौता भएको थियो । बस र एम्बुलेन्सबाट सुरक्षित स्थानका लागि लगिएका स्थानीयलाई सरकारी नियन्त्रण रहेको पश्चिमी क्षेत्रतर्फ लगिएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यस कार्यको अनुगमन गर्न सहमति जनाएको छ । एलेप्पो शहरमा सरकारी सेना विद्रोहीविरुद्ध तीब्र आक्रमणमा उत्रिएपछि हजारौं सर्वसाधारण र विद्रोहीसमेत शहर छाड्न खोजिरहेका थिए ।

सरकारप्रति बफादार रहेका दुई र विद्रोही नियन्त्रित दुई शहरबाट पनि हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ जान दिइने छ । पूर्वी एलेप्पोमा भोक र चिसोसँग जुधिरहेका दशौं हजार मानिस सुरक्षित रुपमा निस्कन प्रतिक्षारत रहेको बताइन्छ ।

गत शुक्रबार पुरानो सहमति अनुसार सर्वसाधारणलाई शहर छाड्न रोकिनुअघि एलेप्पोबाट कम्तिमा ६ हजार बाहिर निस्किएका थिए । दुबै पक्षले एकार्कामाथि गोली हानेको आरोप लगाएपछि सर्वसाधारणलाई शहर बाहिर निकाल्ने क्रम रोकिएको थियो । (एजेन्सी)