३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मध्यपश्चिमाञ्चलको पोस्टमा सशस्त्रको ८ गोल, आर्मीले सुदूरपश्चिमलाई हरायो


0
Shares

सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल गर्‍यो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले हरायो ।

सशस्त्रको जितमा युवराज खड्काले ४ गोल गरे भने अञ्जन विष्ट, श्याम नेपाली, राजेन्द्र रावलले एक–एक गोल गरे ।

मध्यपश्चिमाञ्चलका चेतन थारुले एक आत्मघाती गोल गरे ।

शुक्रबार नै भएको दोस्रो खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध १–० को कठिन जित दर्ता गर्‍यो ।

खेल अवधिभर सुदूरपश्चिमाञ्चलको कडा दबाब झेलेको आर्मीका तर्फबाट एकमात्र गोल सुमन अर्यालले गरेका थिए ।

लिग चरणको अंकतालिकामा नेपाल पुलिस, सशस्त्र, आर्मी र मध्यमाञ्चलले समान ३–३ अंक बटुलेका छन् ।