कार्दासियनको गहना लुट्ने १६ जना आरोपित पक्राउ

पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उनीसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो ।
अक्टोबरमा अमेरिकी ‘टीभी स्टार’ कार्दासियन पेरिसमा भएको भेषभूषा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएकाबेला सो सामान चोरी भएको थियो । रासस/एएफपी