लोक कलाकारको आज अन्तिम परिणाम सार्वजनिक हुने • Image Khabar Image Khabar


लोक कलाकारको आज अन्तिम परिणाम सार्वजनिक हुने


Imagekhabar
९ फाल्गुन २०७३, सोमबार १०:००

लोक कलाकारको आज अन्तिम परिणाम सार्वजनिक हुने

अन्तिम प्रतिष्पर्धीका रुपमा पाँच जना रहेका छन् । उनीहरु मध्येबाटै एक जना सर्वोत्कृष्टको काठमाडौंमा एक कार्यक्रम गरी घोषणा गरिने इमेज च्यानलले जनाएको छ ।

करीब ६ महिना लामो अभ्यास र प्रतिष्पर्धाबाट एक जना उत्कृष्ट लोक कलाकारको घोषणा गर्न लागिएको हो ।

इमेज च्यानलको मञ्च लोक कलाकारका लागि देशका विभिन्न स्थानमा गरिएको अडिसनमा सयौं लोक गीतका पारखीहरुले प्रतिष्पर्धा गरेका थिए ।

त्यहाँबाट छानिँदै आएका उत्कृष्ट पाँच मध्ये एक जना सर्वोत्कृष्ट घोषणा गरिने छ भने उनले उपाधी र पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्