
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोटकार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताए ।
उनले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताए ।
‘अहिले जिल्लामा मतदान केन्द्र निर्धारण गर्ने कार्यभइरहेको छ’–उनले भने–‘यही १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर हामीलाई पठाउन भनेका छौं ।’
उनकाअनुसार मतदातालाई पायकपर्ने, भीड नहुने र सुरक्षित ठाउँलाई मतदान केन्द्र निर्धारण गर्न आयोगले निर्देशन दिएको छ ।
सरकारले स्थानीय तहको संख्या निर्धारण गरेपछि आयोगले मतदान गर्नका लागि मतदान केन्द्र तोक्न निर्देशन दिएको हो ।
स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगका सहसचिवसमेत रहेका शर्माले जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्