Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


मधेसवादी दलका सांसदद्वारा संसद बैठक बहिस्कार


0
Shares

                                                                                    फाइल फोटो
मधेसकेन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्नेभन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह तेलीले आफूहरुले बैठक बहिस्कार गर्ने जानकारी मंगलबारको बैठकमा दिएका थिए ।

उनले मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन र सहमति तथा सहकार्यको वातावरण बनाउन पनि आग्रह गरे ।

उनको सो आग्रहलगत्तै मधेसकेन्द्रित दलका सांसदहरुले नाराबाजी गर्दै बैठक बहिस्कार गरेका थिए ।

बैठक बहिस्कार गर्नेमा संघीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतका दलसँग आबद्ध सांसदहरु थिए । रासस