Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संसद बैठक किन गरियो स्थगित ? प्रधानमन्त्रीसहित यसो भन्छन् नेताहरु (भिडियो)


0
Shares

आइतबार व्यवस्थापिका–संसद बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न सहज वातावरण बनाउने उद्देश्यले संसद बैठक स्थगित गरिएको प्रतिक्रिया दिए ।

उनले पहिलो चरणको निर्वाचनका लागि मनोनयनपछि संविधान संशोधन विधेयक पारित हुने बताए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संशोधन विधेयक पारित गर्नका लागि दलीय सहमति खोज्न बैठक स्थगित गरिएको बताए ।

यस्तै, नेकपा एमालेका मुख्य सचेतक भानुभक्त ढकालले सरकारले सहमतिका साथ अगाडि बढ्न चाहे एमाले सहयोग गर्न तयार रहेको भन्दै संशोधन प्रस्तावलाई अध्ययन गरी सहमति खोज्न बैठक स्थगित भएको बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी निर्वाचनमा नजाने आफूहरुको अडान यथावत् रहेको भन्दै पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने वा नगर्ने विषयमा छलफल हुन बाँकी रहेको प्रतिक्रिया दिए ।

व्यवस्थापिका–संसदको बैठक यही वैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ ।

संसदको आइतबारै बसेको बैठकले नेपाली कांग्रेसका पूर्वसांसद नथुनीसिंह दनुवारको निधनमा शोकप्रस्ताव पारित गर्दै बैठक २१ गतेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा संविधान संशोधन विधेयक र त्यसमाथि दर्ता भएका प्रस्तावसमेत पेस गर्ने तयारी थियो ।

भिडियो हेर्नुहोस्

Skip This