Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


महाभियोगका सम्बन्धमा दलहरु आन्तरिक छलफल गर्दै


0
Shares

                                                                  फाइल तस्वीर

महाभियोग प्रस्तावको पक्ष र विपक्षमा देखिएका दलहरु पार्टीको ठोस धारणा तय गर्न सक्रिय भएका हुन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु महाभियोगको प्रस्तावको औचित्यबारे सांसदहरुलाई बुझाउन तल्लीन देखिएका छन् ।

माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महाभियोगको प्रस्ताव, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सत्तारुढ अर्को दल राप्रपा पनि अहिले आन्तरिक छलफलमा छ । राप्रपाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आज स्थायी समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सत्तारुढ दुई दलका सांसदले दर्ता गराएको महाभियोगको प्रस्तावका बारेमा छलफल हुने बताइएको छ ।

Skip This