Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


महाअभियोग प्रकरणमा शीर्ष दलका नेताहरुले मिश्रित प्रतिक्रिया


0
Shares

माओवादी केन्द्र र नेपाली काँग्रेसका नेताहरुले महाअभियोगलाई स्वभाविक संवैधानिक प्रक्रिया भनेका छन् भने प्रमुख प्रतिपक्ष दल एमालेका नेताहरुले न्यायालयमाथिको हस्तक्षेप भएको बताएका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा काँग्रेस मीनबहादुर विश्वकर्माले स्वभाविक प्रक्रियाबाट महाअभियोग दर्ता गरेको दाबी गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता रामनारायण विडारीले संविधानले दिएको अधिकार प्रयोग गरेर महाअभियोग दर्ता गरिएको भन्दै यसलाई आरोपको रुपमा लिन आग्रह गरे ।

एमाले नेता भीम आचार्यले भने महाअभियोग प्रस्तावले न्याय क्षेत्रमा गलत नजीर स्थापित गर्ने भन्दै त्यसलाई एमालेले कुनै हालतमा पारित हुन दिदैन भने ।

राष्ट्रिय जनता पार्टीका नेता वृषेशचन्द्र लालले संवैधानिक प्रक्रियाबाट आएको प्रस्ताव अघि बढ्न दिन्न भन्ने एमालेको धारणा बलमिच्याई भएको धारणा राखे ।

Skip This