एमालेले १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्याउने र २५ वर्षमा त्यसलाई बढाएर १५ हजार डलर पुर्याउने दाबी गरेको छ ।
नेपाललाई पाँच वर्षमै विश्वकै विकसित राष्ट्र बनाउने भन्दै एमालेले पूर्व पश्चिम रेलदेखि नेपाली ध्वजाबाहक पानी जहाजको कार्यक्रम पनि घोषणा पत्रमा समेटेको छ ।
एमालेले आगामी १० बर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वाकांक्षी घोषणा पनि गरेको छ ।
त्यस्तै पूर्व पश्चिम विद्युतीय रेल, केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण, मध्य पहाडी लोकमार्गको समानान्तर रुपमा रेलमार्ग र पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने कार्यक्रम पनि एमालेको घोषणा पत्रमा रहेका छन् ।
देशमा ९ वटा महानगर थप्ने, काठमाडौं बाहिर ‘स्याटलाइट सिटी’ बनाइ जनसंख्याको चाप घटाउने तथा उपत्यकाका तीन वटै नगरलाई मिलाएर मेघा शहर विकास गर्ने कार्यक्रम पनि एमालेको घोषणा पत्रमा रहेको छ ।
यस्तै सामाजिक सुरक्षा सम्बन्धि आकर्षक कार्यक्रमहरु पनि एमालेले अघि सारेको छ ।
वृद्ध भत्ता बढाएर ५ हजार पुर्याउने, सवै स्थानीय तहमा ज्येष्ठ नागरिक आवास गृह बनाउने र निशुल्क आवासको व्यवस्था गर्ने दाबी पनि एमालेले गरेको छ ।
सरकारी अस्पतालमा सुत्केरी हुने आमा र बच्चाका लागि ५ हजार रुपैयाँ बराबरको पोषणा प्याकेज र सुत्केरी आमालाई एक सय दिनको विदा दिने कार्यक्रम पनि अघि सारिएको छ ।
हरेक गाउँ तथा नगरपालिकामा २५ तथा ५० शैयाको अस्पताल स्थापना गर्ने, प्रत्येक वडामा दक्ष नर्ससहितको प्रसुती केन्द्र तथा उच्च रक्तचाप, मुटुरोग, मिर्गौला, दम क्यान्सर जस्ता घातक रोगको स्वास्थ्य जाँच तथा औषधी उपलब्ध गराउने घोषणा पनि एमालेले गरेको छ ।
नेकपा एमालेको घोषणा पत्र हेर्न यहाँ क्लिक गर्नुहोस









प्रतिक्रिया दिनुहोस्