Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


तीन दलका नेतासँगको छलफलपछि सभामुखले राष्ट्रपति भेटिन्


0
Shares

राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती बिहीबार दिउँसो शीतल निवास पुगेकी थिइन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरी उनी राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतल निवास पुगेकी थिइन् ।

व्यवस्थापिका–संसदमा प्रस्तुत् संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा बीचमा कुराकानी भएको सभामुख घर्तीका सन्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

‘महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई भेटमा जानकारी गराउनुभयो’–उनले भने । रासस

Skip This