Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दोस्रो चरणको निर्वाचन अन्योलमा : नेपाल


0
Shares

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई बिदाइ कार्यक्रममा बिहीबार उनले निर्वाचनले सकारात्मक सन्देश दिएपनि अहिलेसम्म दोस्रो चरणको निर्वाचनबारे तयारी नगर्दा अन्योल रहेको बताए ।

उनले पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनबीच एक महिना लामो समय राख्न नहुने भन्दै जेठ १२ गतेभित्रमा दोस्रो चरणको निर्वाचन हुनुपर्ने विचार व्यक्त गरे ।

जेठ १५ गते बजेट आएपछि निर्वाचन हुने आफूहरुलाई मान्य नहुने उनको भनाइ थियो ।

उनले मधेसी मोर्चाको एकघटक संघीय समाजवादी फोरम निर्वाचनमा आएकामा खुसी लागेको भन्दै लोकतन्त्रप्रति फोरमका अध्यक्ष उपेन्द्र यादवको प्रतिबद्धता देखिएको बताए ।

उनले लोकतन्त्र, राष्ट्रियता, विकास र सामाजिक रुपान्तरमा मुद्दा एक भएका दलसँग हालेमालो गरी अगाडि बढ्नका लागि ताममेल गरेको बताए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले महासंघलाई पत्रकारको साझा संस्थाकारुपमा लैजानुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द चौलागाइँले नवनिर्वाचित अध्यक्ष शन्तराम बिडारीलाई पद हस्तान्तरण गरेका थिए ।

यही वैशाख १० गते भएको शाखाको १०औं अधिवेशनबाट बिडारी अध्यक्षमा निर्वाचित भएका थिए । रासस

Skip This