Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संसदमा शुक्रबार जे देखियो, यस्तो पनि चर्चा ! (भिडियोसहित)


0
Shares

त्यसको दुई घन्टापछि बसेको अर्को बैठकमा सभामुख घर्तीले महाअभियोगका प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मालाई प्रस्ताव प्रस्तुत् गर्न समय दिँदा एमालेसहित विपक्षी सांसदहरुले उनलाई रोस्टममा जानै दिएनन् ।

त्यसपछि एमालेका सांसदहरुले वेल घेराऊ गरेर नाराबाजी गरेका थिए । राप्रपाका सांसद भने आ–आफ्नो सिटबाट उठेमात्र ।

सभामुख घर्तीले एमाले सांसदहरुलाई संसदीय मूल्य–मान्यता बुझेर बस्न आग्रह गरिन् ।

महाअभियोगका प्रस्तावक सांसद विश्वकर्मा रोस्टममा आउनसक्ने अवस्था नभएपछि आफैं सभामुख घर्तीले आइतबारसम्मका लागि संसद बैठक स्थगित गरिन् ।

यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठकमा अर्को बैठक जेठ ३ गतेका लागि बोलाउने निर्णय भएको थियो ।

तर, एमालेसहित विपक्षी दलले सभामुख घर्ती सत्तारुढ दलको इसारामा चलेको भन्दै आफैंविरुद्ध महाअभियोग प्रस्ताव आउने खतरा देखेपछि त्यसबाट बच्न आइतबारका लागि नै बैठक बोलाएको चर्चा संसदमा छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले अहिले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव लगाउने गरी छलफल नभएपनि संसदीय मूल्य–मान्यताविपरीत गए के हुन्छ भन्न नसिकिने भन्दै घुमाउरो भाषामा चेतावनी दिएका छन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

Skip This