शनिबार एमाले प्रचार विभागले राजधानीमा गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले काभ्रेलगायतका कतिपय ठाउँमा एमाले कार्यकर्तालाई चुनावी प्रचारमा रोक लगाउने, पक्राउ गर्ने र बिनाआधार सार्वजनिक मुद्दा लगाउने काम भएको भन्दै आपत्ति जनाए ।
कतिपय ठाउँमा म्यादी प्रहरीको भूमिकामाथि पनि प्रश्न उठेको भन्दै महासचिव पोखरेलले सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।
महासचिव पोखरेलले सरकार र सुरक्षा निकायका प्रमुखहरुलाई एमाले नेता–कार्यकर्तामाथि सार्वजनिक मुद्दा लगाइएकोबारे ध्यानाकर्षण गराइएको जानकारी पनि दिए ।
जेठ ३१ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय उचित नभएको भन्दै उनले जेठ १५ अघि नै निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
मुलुक संवैधानिक सर्वोच्चताको आधारमा चल्ने भन्दै महासचिव पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता लिन माग पनि गरे ।









प्रतिक्रिया दिनुहोस्