शनिबार भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी दुबै दलले संयुक्त उम्मेदवारहरु मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाहलाई घोषणा गर्दै सहयोग गर्न सबैलाई आग्रह गरे ।
दुबै पार्टीले एक–अर्कालाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनमा नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारलाई कसैले हराउन नसक्ने दाबी गरे ।
यस्तै, माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले केन्द्रीयस्तरमै भएको यस सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न गर्न दुबै पार्टी जुटेको बताए ।









प्रतिक्रिया दिनुहोस्