Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


ओलीले दाहाललाई भने–‘महाअभियोग प्रस्ताव फिर्ता लिनोस्’


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले दिएको आदेशपछिको अवस्थाकाबारेमा छलफल भएको बताइएको छ ।

मुलुकमा पछिल्लो राजनीतिक अवस्थाकाबारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको र सहमतिमा नै सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले सबैको सहमतिमा नै आफूले उचित कदम चाल्ने बताएको बुझिएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले भने प्रधानमन्त्रीलाई महाअभियोग प्रस्ताव फिर्ता लिन अध्यक्ष ओलीले आग्रह गरेको जानकारी दिए । रासस

Skip This