३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


मतगणनामा सर्वसाधारण उत्साहित (भिडियो रिपोर्ट)


0
Shares

आइतबार भएको मतदानमा सहभागी भएका सर्वसाधारण नतिजा कतिबेला सार्वजनिक होला ? भन्ने प्रतिक्षामा रहेका छन् ।

कीर्तिपुरकी निर्मला भण्डारी लामो समयपछि स्थानीय तहको जनप्रतिनिधि चयन गर्न पाउँदा निकै नै खुसी देखिन्छन् ।

अब नयाँ प्रतिनिधि आउने र उनीहरुलाई आफूहरुले पनि विकासको काम गराउनुपर्ने बताउँछिन् ।

स्थानीय तहको चुनाव युवापुस्ताका लागि झन् उत्साहको विषय बनेको छ, यसपटक ।

जीवनमा नै पहिलोपटक स्थानीय तहको मतदान गरेका कीर्तिपुरका डीकपाल सोमबार बिहानदेखि नै मतगणनाको नतिजा कुरेर बसिरहेका थिए । उनी पनि अरु आमजनताजस्तै आफूले चाहेको व्यक्तिले स्थानीय गाउँठाउँको विकास गर्नेमा विश्वस्त छन् ।

डीकपालजस्तै अर्की युवा मतदाता एलीना शाही पनि घामपानी केहीको परवाअ नगरी मतगणनाको नतिजा कुरेर बसिरहेको बताउँछिन् (एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।