३० जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025


चितवनको राप्ती नगरपालिका–४ र ५ तथा खैरहनी नगरपालिका–१ मा एमालेको प्यानलै विजयी


0
Shares

खैरहनी–१ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी भएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

यस्तै, राप्ती नगरपालिका वडा नम्बर–४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ र वडा नम्बर–५ मा मेनुका पाठक ६८६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना हुँदै
रत्ननगरको वडा नम्बर–१ र १६ को मतगणनामा नेपाली कांग्रेसले प्रमुखमा ९१६ र उपप्रमुखमा ८९२ मत प्राप्त गरेको छ ।

एमालेले प्रमुखमा ९३९ र उपप्रमुखमा ८९४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले प्रमुखमा २९८ र उपप्रमुखमा ३१३ मत ल्याएको छ ।

उता, पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकामा भने एमालेको अग्रता कायमै छ ।

पछिल्लोपटक सार्वजनिक गरिएको मतपरिणामानुसार खैरहनी प्रमुखमा एमालेले ६८८, माओवादी केन्द्रले ६८४ र कांग्रेसले ५७५ मत ल्याएका छन् ।

एमालेले उपप्रमुखमा ९१४ कांग्रेसले ६३६ तथा माओवादी केन्द्रले ४१३ मत ल्याएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए । अब वडा नम्बर–२ को मतगणना सुरु भएको छ ।

उता, मकवानपुरको सिमाना जोडिएको राप्ती नगरपालिकामा बिहान ११.३० बजेसम्मको मतपरिणामानुसार एमालेले प्रमुखमा एक हजार ९४७ र उपप्रमुखमा एक हजार ९५६, कांग्रेसले प्रमुखमा एक हजार १७५ र उपप्रमुखमा एक हजार ४२ तथा माओवादी केन्द्रले प्रमुखमा २८६ र उपप्रमुखमा २६१ मत प्राप्त गरेका छन् । रासस