२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जुम्लाको सिंजा गाउँपालिका प्रमुखमा कांग्रेसका रावल विजयी


0
Shares

अध्यक्ष रावलले एक हजार ४३० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका हिक्मत खत्रीले एक हजार ११३ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी भएकी छन् ।

विजयी उपाध्यक्ष खत्रीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रजकली शाहीले प्राप्त एक हजार २६२ मतमा ११९ मत कमी ल्याएर पराजित भएकी छन् ।

नेकपा माओवादी केन्द्रका शीतली रोकायाले एक हजार १७५ मत प्राप्त गरेकी छन् ।

वडाध्यक्षहरुको परिणाम आइसके पनि वडाअनुसारको विजयी उम्मेदवारको नाम र प्राप्त मत लिन सकिएको छैन । रासस