
सुमार्गीले ‘दाहाल सरकार आएपछि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए ।
अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिसद्, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालसँग पनि पटक पटक छलफल भयो । तर राष्ट्र बैंकले रोकेर राखेको रकम भने निकासा भएन् ।
सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रुपैंयाँ नेपाल भित्र्याएका थिए । उक्त रकममध्ये ८ अर्ब रुपैंयाँ पहिला नै निकासा भइसकेको छ ।
सुमार्गीले बेलाबेला साइप्रसी कम्पनी एयरवेल तथा व्रिटिस भर्जिन आइल्याण्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । सुमार्गी विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् ।
रकम निकासा गर्न आवश्यक कागजात जुटाउन नसक्दा डा. युवराज खतिवडा गर्भनर भएका बेलादेखि उक्त रकम निकासा रोकिएको हो ।
-अन्नपूर्णपोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्