
डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार (हिजो) सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो ।
क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भनिन्,–‘रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सूचनालाई कसरी अस्त्रका रुपमा अमेरिकासँग प्रयोग गर्ने भन्ने विषयमा थाहा हुने थिएन ।
क्लिन्टनले यसो भनिरहँदा आफ्नो निर्वाचन अभियानका समयमा प्रयोग भएका इमेल ह्याक भएका विषयमा ट्रम्पको संलग्नता रहेको दोषारोपण गरेकी छिन् ।
त्यसैगरी, राष्ट्रपति ट्रम्पले जवाफमा भनेका छन् –’‘धुर्त’ हिलारी क्लिन्टनले अब सबैलाई दोष लगाइसकेपछि आफैलाई पनि दोष लगाउने छिन् तर आफूलाई ‘भयानक’ उम्मेदवार भन्न अस्वीकार गर्नेछिन् । उनलेले फेसबुक, डेम्स र डीएसीमाथि पनि आक्रमण गर्नेछिन् ।
क्लिन्टनले फेसबुकमा फैलिएका झुटा समाचारमाथि पनि आंशिक दोषारोपण लगाएको बर्ताकी छिन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्