सुनसरीमा नमुना मतदान « Image Khabar


सुनसरीमा नमुना मतदान


Imagekhabar
२२ जेष्ठ २०७४, सोमबार १७:५२

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका दुईओटा स्थानमा नमुना मतदान गरी सर्वसाधारणलाई आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिएर सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने तरिकासमेत सिकाइको थियो ।

मतदान गर्दा मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी आफूले रुचाएको उमेदवारलाई मत दिन स्वस्तिक छाप लगाउने र मतपत्र पट्याएर मतपेटिकामा भोट खसाल्ने विधिसमेत सिकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्