प्रेमीको पढाइ खर्च जुटाउन युवाहरुलाई ठग्ने युवती पक्राउ « Image Khabar


प्रेमीको पढाइ खर्च जुटाउन युवाहरुलाई ठग्ने युवती पक्राउ


Imagekhabar
२६ जेष्ठ २०७४, शुक्रबार ०६:३३

महानगरीय प्रहरी परिसर ललितपुरले पाटन, सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छन् ।

आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरुलाई ठगी गरेको उनको भनाइ छ ।

नक्कली कम्पनी खडा गरी आफ्नै साथीहरुलाई फर्म भर्न लगाई बज्राचार्यले ठगी गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी इश्वर कार्कीले बताए । ‘उनले जागिर लगाइदिने भन्दै फर्म भर्न लगाएर प्रतिव्यक्ति तीनदेखि १५ हजार रुपैयाँसम्म लिएकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘तर जागिर लगाउन नसकेपछि पीडितहरु प्रहरीमा आएका हुन् ।’ –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्