भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो ! « Image Khabar


भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो !


Imagekhabar
२६ जेष्ठ २०७४, शुक्रबार ०६:५६

महानगरको मतपरिणामलाई प्रमुख तीन दलले प्रतिष्ठाकै विषय बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनपूर्व र मतदानपछि पनि भरतपुर राष्ट्रिय राजनीतिको केन्द्रमा नै छ । सडक र सदनमात्र होइन, न्यायालयमा समेत यसको बाछिटा पुगेको छ ।

मतपरिणामको उत्सुकतासँगै गणनाका क्रममा दलहरुले गर्ने लफडाले पनि भरतपुरले सबैको ध्यान तान्यो । झन् गणनाका क्रममा मतपत्र च्यातिएपछि त यो विषय संसद र न्यायालयसम्म पुग्यो ।

अहिले मतपत्र सुरक्षाको विषयले चर्चा पाएको छ । ठूलो संख्यामा प्रहरी त परिचालन गरिएकै छन् । साथै, दलका प्रतिनिधि पनि गणनास्थल परिसरमै खटाइएका छन् । तर त्यतिले मात्र मतपत्रको सुरक्षा हुने अवस्था रहेन ।

मतपत्रको सुरक्षाका लागि बिरालो खटाइएको छ । कभर्डहलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको छ ।

खुला भवन, वरपर खुला चौर र वर्षातको समय झाडी बढेका कारण हलभित्र मुसा पस्न सक्ने सम्भावना छ । मुसाका कारण मतपत्र असुरक्षित महसुस भएका कारण दुईवटा बिरालोलाई हलभित्र जाने आउने वातावरण बनाइएको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्