असार १४ मै निर्वाचन गराउनुको विकल्प छैन : प्रमुख आयुक्त यादव « Image Khabar


असार १४ मै निर्वाचन गराउनुको विकल्प छैन : प्रमुख आयुक्त यादव


Imagekhabar
२६ जेष्ठ २०७४, शुक्रबार १८:०९

शुक्रबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले अब निर्वाचनको मिति नसर्ने भन्दै असार १४ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

उनले जेठ ३१ मा तय भएको निर्वाचनलाई दलीय सहमतिको आधारमा असार १४ गते सारिएको भन्दै अब असार १४ मै निर्वाचन गराउनुबाहेक आयोगसँग अरु विकल्प नरहेको पनि प्रस्ट पारे ।

निर्वाचन आयोगमा दर्ता नभएका दलहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमामात्र चुनाव चिह्न प्रदान गर्न सकिने पनि प्रमुख आयुक्त यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस्