कोरियन भाषा परीक्षा आजबाट « Image Khabar


कोरियन भाषा परीक्षा आजबाट


Imagekhabar
२७ जेष्ठ २०७४, शनिबार ०६:२१

                                                                  फाइल तस्वीर

शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ ।

ईपिएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११ः१० बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ः१० सम्म हुनेछ ।

पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये ९ हजार ७ सय ९६ महिला तथा ६५ हजार ७ सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ ।

परीक्षामा सहभागीमध्ये १० हजार दुई सय उत्तीर्ण परीक्षार्थी सन् २०१८ मा कोरिया जान पाउने छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्