राजपा कार्यकर्ताद्वारा कांग्रेस सांसदको सम्पर्क कार्यालयमा तोडफोड « Image Khabar


राजपा कार्यकर्ताद्वारा कांग्रेस सांसदको सम्पर्क कार्यालयमा तोडफोड


Imagekhabar
३० जेष्ठ २०७४, मंगलवार १७:४७

उनीहरुले मंगलबार सदरमुकाम परासीस्थित सांसद खनालको सम्पर्क कार्यालय र क्षेत्रीय समितिको कार्यालयमा तोडफोड गरेका हुन् ।

स्थानीय तह निर्वाचनको विरोधमा मंगलबार आह्वान गरिएको बन्दकाक्रममा सवारी–साधन तोडफोड र उच्छृंखल गतिविधि बढाएको भन्दै प्रहरीले १५ जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई एक घन्टापछि छाडिएलगत्तै तोडफोड गरिएको हो ।

यसैबीच, नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले कार्यालयमा भएको तोडफोडको निन्दा गरेको छ ।

कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेल मंगलबार विज्ञप्ति निकाल्दै पार्टी कार्यालय र सम्पर्क कार्यालयहरुमा तोडफोड गर्दैमा समस्या समाधान नहुने भन्दै राजपाका जिल्ला नेता एंव कार्यकर्ताहरुलाई आन्दोलनकाक्रममा संयमित हुन आग्रह गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्