
प्रदेश नम्बर–२ मा केही सुरक्षा चुनौती भएपनि त्यस्तो ठूलो समस्या भने नरहेको उनको भनाइ थियो ।
मंगलबार हामीसँग कुरा गर्दै गृहमन्त्री शर्माले असन्तुष्ट पक्षलाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको बताए ।
संविधान संशोधनबाहेक मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राखेका माग सबै पूरा भएको भन्दै उनले ‘आन्दोलनरत् पक्ष पनि निर्वाचनमा आउनुको विकल्प छैन’–भने ।
तराई–मधेसका मतदाताले पनि निर्वाचन चाहेको भन्दै मन्त्री शर्माले सबै पक्ष निर्वाचनमा सहभागी होऊन् भन्ने चाहना सरकारको रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्