
जिल्ला पुर्याइएका निर्वाचन सामग्रीको सुरक्षाका लागि पर्याप्त सुरक्षा व्यवस्थासमेत मिलाइएको पनि जनाइएको छ ।
सरकारले चारओटा प्रदेशमा आउँदो असार १४ गते स्थानीय तह चुनाव गर्ने तयारी गरेअनुसार निर्वाचन सामग्री पठाउन थालिएको हो भने निर्वाचन सामग्रीहरु अपुग भए छिट्टै पुर्याउने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।
कर्मचारी तथा सुरक्षाकर्मीहरुसमेत मतदान केन्द्रमा पुगिसकेको जनाइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र, मतदाता नामावली, मतदाता परिचयपत्र, मतपेटिकालगायत सामग्री जिल्ला पुगिसकेको जानकारी दिए ।
त्यसो त निर्वाचन आयोगले अधिकांश जिल्लाहरुमा पहिलो चरणको निर्वाचनअगाडि नै अधिकांश निर्वाचन सामग्री पुर्याइसकेको थियो ।
निर्वाचनप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी र विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिले निर्वाचन सामग्रीको सुरक्षामा चुनौती पनि रहेको छ ।
आयोगले भने मतदान केन्द्रमा पुगेका निर्वाचन सामग्रीहरुको सुरक्षाका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ ।
मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बहिस्कार गरेपनि निर्वाचन आयोगले भने आफ्नो काम जारी राखेको छ ।
राजनीतिक मागहरुलाई राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने भन्दै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै दल विशेषको असहमतिले निर्वाचन प्रभावित नहुने बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्