प्रमुख तीन दल र राजपाका शीर्ष नेताहरुबीच आज बार्ता हुने « Image Khabar


प्रमुख तीन दल र राजपाका शीर्ष नेताहरुबीच आज बार्ता हुने


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार १२:४४

स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने उद्देश्यसहित वार्ता हुन लागेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्रको पहलमा राजपासँगका शीर्ष नेताहरुसँग वार्ता हुन लागेको हो ।

अपराह्न ४ बजेका लागि आह्वान गरिएको वार्तामा राजपाका माग सम्बोधन गर्न बारेमा छलफल हुने बताइएको छ ।

प्रमुख दलले बोलाएको बैठकमा शीर्ष नेताहरु नै सहभागी हुने राजपाका महासचिव केशव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्