
यसै क्रममा बुधबार सप्तरीको राजविराजमा उनीहरुले निर्वाचन प्रशिक्षणसम्बन्धी तालिम विथोलेका छन् । सहायक मतदान अधिकृतका लागि निर्वाचन आयोगले स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना गरेको तालिम राजपा नेपालका कार्यकर्ताहरुले विथोलेका हुन् ।
उनीहरु तालिम सुरु हुनु अघि नै उक्त क्याम्पसको गेटमा धर्ना दिन पुगेका थिए । ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए पनि प्रहरीले गेट खुलाउन सकेन ।
धर्नामा बसेका राजपा नेपालका कार्यकर्ताहरुले राष्ट्रिय झण्डा समेत बोकेका थिए । पार्टीको झण्डासँगै राष्ट्रिय झण्डासमेत बोकेर सडकमा उत्रिएका राजपा नेपालका कार्यकर्ताहरुले आफ्ना माग पुरा नभई निर्वाचन हुन नदिने भन्दै नारावाजीसमेत गरेका थिए ।
अन्ततः आयोगले उक्त तालिम नै स्थगित गरेको छ ।
तस्वीर सौजन्य : हेमशंकर सिंह
प्रतिक्रिया दिनुहोस्