
सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गरे ।
जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्